काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि आज सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ हुँदै छ ।
हेर्न नमिल्ने न्यायाधीशकोमा नपर्ने गरी लामिछानेको पेसी तोकिएको हो । यसअघि आइतबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासले हेर्न मिल्ने इजलासमा पेसी तोक्न सर्वोच्च प्रशासनका नाममा आदेश गरेको थियो ।
सोमबार सोहीअनुसार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा पेसी तोकिएको थियो । तर लामिछानेका तर्फबाट बहस गर्ने वकिल प्रधानन्यायाधीश र पूर्वडीआईजी जोशीका तर्फबाट बहस गर्ने वकिल न्यायाधीश पाण्डेयका नातेदार परेपछि हेर्न नमिल्ने भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ जेठ २०८२, १० : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि र छविको मुद्दामा सुनुवाइका लागि पेसी तोकियो
रवि र छविको मुद्दामा बहस स्थगित
रवि र छविको मुद्दामा सुनुवाइका लागि पेसी तोकियो
रवि र छविको मुद्दामा सुनुवाइका लागि पेसी तोकियो
बयानका लागि रविलाई ल्याइयो सिंहदरवार
जाँचबुझ आयोगले रवि लामिछानेसँग सोधपुछ गर्दै