पाकिस्तानको लागि जासुसी गरेको आरोपमा भारतीय युट्युबर पक्राउ

एजेन्सी

सोमबार, ०५ जेठ २०८२, १५ : ३३
पाकिस्तानको लागि जासुसी गरेको आरोपमा भारतीय युट्युबर पक्राउ

काठमाडौं । भारतमा एक युट्युबरलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । पक्राउको कारण पाकिस्तानको लागि जासुसी गर्नु भनिएको छ । युट्युबर ज्योती मह्लोत्रालाई पक्राउको कारण पाकिस्तानको लागि जासुसी भनिएको छ ।

हरियाणाकि युट्युबर मह्लोत्रालाई गत मार्च सम्म धेरैपटक पाकिस्तान भ्रमण गरेको, भारतले केहि अगाडि निष्काशन गरेका पाकिस्तानी उच्चायुक्तसँग सम्बन्ध भएको लगायतका आरोप उनलाई लगाइएको बेलायती विश्व च्यानल बीबीसीले उल्लेख गरेको छ ।

तीन लाखभन्दा धेरै युट्युब सब्स्क्राइबर तथा एक लाखभन्दा धेरै इन्स्टाग्राम फलोअर्स भएकी ज्योतीलाई लगाइएको आरोपको खण्डन गर्दै उनका पीताले उनले पाकिस्तानको यात्रामा जाँदा आवश्यक अनुमति लिएर गएको बीबीसीलाई बताएका छन् ।

मह्लोत्राको पाकिस्तानको यात्राका भिडिओहरुमा हिन्दू तथा शिख मन्दिरहरुका सामग्री थिए । भारत र पाकिस्तानले एकअर्काका जासुस भनेर पक्राउ गर्ने प्रचलन कुनै नयाँ नभएको बीबीसीले उल्लेख गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस