काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गुणस्तरीय सडक सञ्जाल निर्माणमा ध्यान दिनुपर्ने बताएका छन् । नेपाल सिमेन्ट उत्पादक संघले ललितपुरमा आयोजना गरेको कार्यक्रममा नेपाल सिमेन्ट र डन्डी उत्पादनमा आत्मनिर्भर भइसकेको अवस्थामा बलियो र गुणस्तरीय सडक निर्माणमा ध्यान दिन आग्रह गरेका हुन् ।
बर्सेनि सडक निर्माणमा राज्यको खर्बौं रकम खर्च हुने तर गुणस्तरीय नहुँदा एकातर्फ बनाउँदै जाने र अर्कातर्फ भत्किँदै गएको उनले उल्लेख गरे । ‘हाम्रो सबैभन्दा बढी खर्च सडक पूर्वाधारमा भइरहेको छ । तर, हामी बनाउँदै जान्छौं र त्यो भत्किँदै जान्छ,’ मन्त्री भण्डारीले भने, ‘सिमेन्ट र डन्डीको प्रयोग गरेर १०/१५ वर्षसम्म टिक्ने गुणस्तरीय सडक बनाउन सक्छौं । सुरक्षित सडक सञ्जाल निर्माण गर्नु आवश्यक छ ।’
उनले हालको परिस्थितिमा पहाडमा पनि पक्की सडक सञ्जाल पुर्याउनुपर्ने देखिएको बताए । नेपालको क्रसर उद्योगको अवस्थाबारे बोल्दै मन्त्री भण्डारीले नेपालमा क्रसर उद्योग दर्ता प्रक्रिया मापदण्ड कडा बनाइएका कारण राज्यले राजस्व गुमाइरहेको बताए ।
उनले नेपालले वार्षिक ५ खर्ब रुपैयाँ बराबरको ढुङ्गा, गिट्टी, बालुवा खेर गइरहेको तर्क गरे । खेर गएको ढुङ्गा, गिट्टी, बालुवाबाट सिमेन्ट बनाइ गुणस्तरीय सडक बनाउनुपर्ने उनको जोड थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ जेठ २०८२, १३ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्वजनिक खरिद ऐन सुधारको जरुरी छ : मन्त्री भण्डारी
निजी क्षेत्रसँग सरकारले सहकार्य गर्न खोजेको छः मन्त्री भण्डारी
करको दायरा विस्तार गरिने छः मन्त्री भण्डारी
नेपालको विकास प्रयासमा अष्ट्रेलियाले सघाउने
सुक्खा बन्दरगाह निर्माण काम छिट्टै अघि बढ्छ : उद्योगमन्त्री भण्डारी
पदसँग मतदाताको पसिना जोडिएको छ, दुरुपयोग गर्दिनँ : उद्योग मन्त्री भण्डारी