काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले अख्तियारसम्बन्धी तेस्रो संशोधन विधेयक छिटो ल्याउन माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै उनले राज्य व्यवस्था तथा सुशासन समितिले कांग्रेस सांसद हृदयराम थानीको संयोजकत्वमा उपसमिति बनाएर सहमति जुटाइएको विधेयक छिटो ल्याउन माग गरेका हुन् ।
सांसद केसीले मुलुकमा सुशासन हुन नसकिरहेको अवस्थामा विधेयक छिटो ल्याएमा मुलुकलाई सुशासन बाटोमा डोर्याउन सहज हुने बताए । उनले मन्त्रिपरिषद् पनि संविधान अन्तगत नै पर्ने भएकाले नीतिगत निर्णय सुशासन कायम गर्ने खालका छन् कि छैनन् भन्ने मापन गर्ने व्यवस्था गरिए उपयुक्त हुने बताए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ जेठ २०८२, १२ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
११ औँ महाधिवेशन ४० दिनको तयारीमा गरिएको हो, अहिले पनि गर्न सकिन्छ’ : अर्जुननरसिंह केसी
नेपालीहरूको विदेशी बैंकमा रहेका अवैध सम्पत्ति राष्ट्रियकरण गरौँ’ : अर्जुननरसिंह केसी
कुलिङ पिरियडबारे एमालेका ५ सांसदको संशोधन प्रस्तावप्रति काँग्रेसले जनायो गम्भीर आपत्ति
राष्ट्रिय यथार्थलाई मध्यनजर गरी बजेट तर्जुमा गर्नुपर्छ: अर्जुननरसिंह केसी
सरकार उदासीन हुँदा आन्दोलनरत शिक्षकसँग दूरी बढ्यो, परिस्थिति जटिल बन्दैछ: अर्जुननरसिंह केसी
संसद छलेर अध्यादेश ल्याउनु गलत : अर्जुननरसिंह केसी