काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले अख्तियारसम्बन्धी तेस्रो संशोधन विधेयक छिटो ल्याउन माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै उनले राज्य व्यवस्था तथा सुशासन समितिले कांग्रेस सांसद हृदयराम थानीको संयोजकत्वमा उपसमिति बनाएर सहमति जुटाइएको विधेयक छिटो ल्याउन माग गरेका हुन् ।
सांसद केसीले मुलुकमा सुशासन हुन नसकिरहेको अवस्थामा विधेयक छिटो ल्याएमा मुलुकलाई सुशासन बाटोमा डोर्याउन सहज हुने बताए । उनले मन्त्रिपरिषद् पनि संविधान अन्तगत नै पर्ने भएकाले नीतिगत निर्णय सुशासन कायम गर्ने खालका छन् कि छैनन् भन्ने मापन गर्ने व्यवस्था गरिए उपयुक्त हुने बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ जेठ २०८२, १२ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थमन्त्रीले प्रश्न गर्नेको फाइल खोल्ने धम्की दिनु संसदीय मर्यादामाथिको अपमान हो : अर्जुननरसिंह केसी
पूर्वप्रधान न्यायाधीशको नेतृत्वमा संविधान सुधार आयोग गठन गर्नुपर्नेमा अर्जुननरसिंह केसीको जोड
आफु दल नेता बन्न नपाउने भएपछि अर्जुन नरसिंहको अर्काे अड्को
सबैको प्राथमिकता पार्टी एकतामा केन्द्रित हुनुपर्छ : अर्जुननरसिंह केसी
कांग्रेसमा दल नेता : युवासँग नभिड्ने, सर्वसम्मत माग्ने अर्जुननरसिंहको तयारी
११ औँ महाधिवेशन ४० दिनको तयारीमा गरिएको हो, अहिले पनि गर्न सकिन्छ’ : अर्जुननरसिंह केसी