उपसमितिले समितिमा पेस गर्‍यो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन

सफल खबर संवाददाता

आइतबार, ०४ जेठ २०८२, १६ : २१
उपसमितिले समितिमा पेस गर्‍यो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन

काठमाडौं । विद्यालय शिक्षा विधेयकको प्रतिवेदन शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पेस भएको छ । उपसमितिले दवाफार छलफल सकेर आज प्रतिवेदन पेस गरेको हो ।

विधेयकको प्रतिवेदन लेख्न उपसमितिलाई गत २२ वैशाखमा समितिले थप १० दिनको समय दिएको थियो । यसअघि गत चैत ८ गते समितिले उपसमितिलाई ३५ दिनको समय दिएको थियो । दुई पटक गरेर ४५ दिनसम्म उपसमितिले छलफल गर्‍यो ।

असार १५ भित्र ऐन ल्याउने गरी शिक्षक महासंघसँग सहमति भएकाले सोही अनुसार समितिले विधेयकमा उपसमिति बानाएर दवाफार छलफल गरेको हो ।

प्रतिक्रिया दिनुहोस