काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न जरुरी रहेको बताएका छन् । आज पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित मदन—आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सिंगो कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने काममा आफूहरू लागिरहेको बताए । आफ्नो अडान र विचारमा आत्मविश्वासी भएर अघि बढ्न जरुरी रहेको भन्दै उनले विचार, दृष्टिकोण मिल्नेहरूसँग हातेमालो गर्न मोर्चा बनाएर जानुपर्ने बताए । उनले सम्भव भए पार्टी एकता गरेर जानुपर्नेमा जोड दिए ।
अध्यक्ष नेपालले कम्युनिस्ट पार्टीको विचार र सिद्धान्तबाट विचलित नभईकन सबै खालका विकृति, विसङ्गतिसँग जुधेर इमानदार कम्युनिस्टको रूपमा अघि बढ्न जरुरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ जेठ २०८२, १२ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपाल सोमबारभित्र विशेष अदालतमा हाजिर हुने
संविधान संशोधन गर्छु भनेर सरकार बनाएका कांग्रेस र एमाले पन्छिन थाले : माधव नेपाल
कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रुपान्तरण हुनुपर्छः अध्यक्ष नेपाल