काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सोमबारसम्म विशेष अदालतमा हाजिर हुने भएका छन्।
अख्तियारले दायर गरेको भ्रष्टाचार मुद्दामा हाजिर हुन लागेका हुन्। पतञ्जली जग्गा प्रकरणमा दुई साताअघि नेपालसहित ९३ जनाका विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
एकीकृत समाजवादीसम्बद्ध वकिल संगठन एसपीएलएका अध्यक्ष डेकेन्द्रराज सुवेदीका अनुसार कानुनी प्रकियामा सामेल हुनका लागि अदालतबाट म्याद जारी हुनुअघि नै उनी हाजिर हुन जाने भएका छन् । उनीविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो जरिवाना र सजाय मागदाबी सहित मुद्दा दायर भएको थियो ।
मुद्दा दायर गरिए पनि अहिलेसम्म उनका नाममा म्याद पुर्जी काटिएको छैन।’सोमबारसम्ममा उहाँ हाजिर हुनेमात्र हो’, सुवेदीले भने ‘बाँकी कानुनी प्रक्रियाको तयारीमा हामी जुटिरहेका छौं ।’ नेपालका तर्फबाट उक्त मुद्दामा बहस गर्ने वकिलहरु पनि एसपीएलएले तयार पारेको सुवेदीले बताए ।
नेपाल सोमबार हाजिर भएमा त्यसपछि बयान शुरु हुन्छ । मुद्दाका कागज र अन्य प्रमाणमाथि केन्द्रित रही बहसको काम त्यसपछि हुन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ असार २०८२, ११ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न जरुरी : अध्यक्ष नेपाल
संविधान संशोधन गर्छु भनेर सरकार बनाएका कांग्रेस र एमाले पन्छिन थाले : माधव नेपाल
कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रुपान्तरण हुनुपर्छः अध्यक्ष नेपाल
गणतन्त्र ल्याउने सहमति ज्ञानेन्द्र, गिरिजा र मैले गरेका हौँः माधव नेपाल
राजतन्त्र पुनर्स्थापना हुने सम्भावना छैन : नेपाल
जुनैबेला संसद विघटन गर्नसक्छु भन्ने सोचेर प्रधानमन्त्री ओली बसेका छन्ः माधव नेपाल