काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको संगठन निर्माण अभियान जारी रहने भएको छ । पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले पार्टीले वैशाख मसान्तसम्म सञ्चालन गर्ने भनी तय गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान’ ले निरन्तरता पाउने बताएका हुन् ।
‘अभियानले पार्टीमा नयाँ ऊर्जा र उत्साह थपेको छ । वैशाख मसान्तसम्म स्थानीय तहअन्तर्गत अधिकांश वडा समिति, पालिका समिति, जिल्ला समिति र भ्रातृसंगठनहरुको अधिवेशन सम्पन्न भएका छन् । कतिपय स्थानीय तह तथा पहिचानमा आधारित राष्ट्रिय समिति र प्रदेश समितिको अधिवेशन सम्पन्न गर्ने कार्य बाँकी रहेकोले अभियानले निरन्तरता पाउने छ,’ बस्नेतले भने ।
अभियानको यस अवधिमा विभिन्न तहका पार्टी समितिको अधिवेशन, पार्टी प्रवेश, अन्तरक्रिया, प्रशिक्षण, भेला, पार्टी सदस्यता नवीकरण तथा वितरणका कार्यहरू गरिएको उनले बताए ।जसपा नेपालले गत भदौ महिनादेखि पार्टीका सम्पूर्ण केन्द्रीय समिति सदस्यहरूलाई पालिका (नगरपालिका र गाउँपालिका) समितिको जिम्मेवारीमा खटाइ संगठन विस्तार अभियान चलाएको थियो । पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्यहरूलाई अनुगमनको जिम्मेवारी दिई सञ्चालन गरिएको अभियानबारे थप निर्णय पार्टीको बैठकले गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ जेठ २०८२, ११ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामाजिक सञ्जालमा सक्रिय रहेका सदस्यहरुको लागि दुई दिवसीय प्रशिक्षण गर्दै जसपा नेपाल
जसपा नेपालको प्रदेश अधिवेशनको कार्यतालिका सार्वजनिक
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज
जसपा नेपालको कार्यकारिणी समिति बैठक बस्दै
जसपा नेपालको नेवा: राष्ट्रिय समितिको प्रथम अधिवेशन सुरु
जसपा नेपालले पहिचानको आन्दोलनमा नेतृत्वदायी भूमिका खेल्ने