काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–१० पृथ्वीचोकस्थित चाइनापुलबाट सेती नदीमा हाम फालेका एक युवकको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ ।
नाम वतन नखुलेको अन्दाजी २०/२१ वर्षको युवकले शुक्रबार सेतीमा हाम फालेका थिए । ती व्यक्तिले हाम फालेको खबर पाएपछि सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको विपद् व्यवस्थापनसहितको टोलीले राति ९ : ३५ उद्धार गरेको हो ।
उनको उद्धारका लागि करिब ४५ मिनेट लागको थियो । रोपरेस्क्यू प्रयोग गरी उद्वार गरिएको सशस्त्र प्रहरीका बलका केन्द्रीय सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
ती युवक हाम फालेको स्थानबाट करिब१०० मिटर तल सेती नदीको खोँचबाट अर्धचेत अवस्थामा फेला परेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ जेठ २०८२, ०९ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेनाद्वारा फेवातालमा हावाहुरीले फसेका १९ विदेशीसहित ३३ जना पर्यटकको सकुशल उद्धार
भारतको कुशीनगरमा बन्धक बनाइएका ४ सय ५३ नेपालीको उद्धार
रोशी खोलमा फसेका पाँच वटा माइक्रो र ८९ यात्रुको मध्यरातमा सकुशल उद्धार
कम्बोडियामा अलपत्र परेका २० नेपालीको उद्धार
काठमाडौका स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ
भोजपुरबाट सुत्केरी र शिशुको उद्धार