काठमाडौं । अष्ट्रेलियाको भिक्टोरियास्थित मेरिबेक सिटी काउन्सिलले नेपालकाे भरतपुर महानगरपालिकासँग औपचारिक भगिनी सम्बन्ध स्थापना गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै अष्ट्रेलियामा पहिलोपटक कुनै स्थानीय सरकारमार्फत नेपालसँग औपचारिक भगिनी सम्बन्ध स्थापनाको बाटो खुलेको भिक्टोरियामा कार्यरत नेपालका लागि अवैतनिक वाणिज्यदूत निराजन गौलीले बताए ।
गौलीले नेपाली वाणिज्यदूत कार्यालयको पहलमा यो सहकार्य सम्भव भएको उल्लेख गर्दै भने, ‘नेपाली समुदायको लागि सुखद खबर हो र यो सुरुवातबाट अझ धेरै सम्भावनाहरू खोज्नेछौं।’
गौलीका अनुसार मेरिबेकका मेयर हेलेन डेभिडसन, काउन्सिलरहरू र बोर्ड सदस्यहरूले काउन्सिलर क्रिस माइल्सद्वारा प्रस्तुत प्रस्तावलाई एकमतले पारित गरेका हुन्। आवश्यक प्रारम्भिक तयारीहरू सम्पन्न भएपछि औपचारिक बैठकहरूका लागि पत्राचार सुरु हुने र वाणिज्यदूत कार्यालयले दुवै सहरबीच समन्वयको भूमिका निर्वाह गर्ने जनाएको छ।
यो सहकार्यले शिक्षा, पर्यटन, संस्कृति, स्थानीय प्रशासन र सामाजिक एकताको क्षेत्रमा दीर्घकालीन साझेदारीको ढोका खोल्ने अपेक्षा गरिएको उनले बताए । मेरिबेक क्षेत्र, विशेषगरी ग्लेनरोयमा उल्लेख्य संख्यामा नेपाली समुदाय बसोबास गर्छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ जेठ २०८२, ०८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरको सार्वजनिक सुनुवाई: प्रशंसा, ध्यानाकर्षण र सुझाव !
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान
भरतपुर महानगर साहित्य दर्पण–४ र वाङ्मय कोश विमोचन
भरतपुर महानगरद्वारा सीपमूलक तालिममा सहभागी ७७९ जनालाई प्रमाणपत्र वितरण
नयाँ बजेटमा १४ वटा नयाँ कार्यक्रम : डिजिटल सिटीदेखि विपद् -सुरक्षासम्मको योजना