काठमाडौं । अष्ट्रेलियाको भिक्टोरियास्थित मेरिबेक सिटी काउन्सिलले नेपालकाे भरतपुर महानगरपालिकासँग औपचारिक भगिनी सम्बन्ध स्थापना गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै अष्ट्रेलियामा पहिलोपटक कुनै स्थानीय सरकारमार्फत नेपालसँग औपचारिक भगिनी सम्बन्ध स्थापनाको बाटो खुलेको भिक्टोरियामा कार्यरत नेपालका लागि अवैतनिक वाणिज्यदूत निराजन गौलीले बताए ।
गौलीले नेपाली वाणिज्यदूत कार्यालयको पहलमा यो सहकार्य सम्भव भएको उल्लेख गर्दै भने, ‘नेपाली समुदायको लागि सुखद खबर हो र यो सुरुवातबाट अझ धेरै सम्भावनाहरू खोज्नेछौं।’
गौलीका अनुसार मेरिबेकका मेयर हेलेन डेभिडसन, काउन्सिलरहरू र बोर्ड सदस्यहरूले काउन्सिलर क्रिस माइल्सद्वारा प्रस्तुत प्रस्तावलाई एकमतले पारित गरेका हुन्। आवश्यक प्रारम्भिक तयारीहरू सम्पन्न भएपछि औपचारिक बैठकहरूका लागि पत्राचार सुरु हुने र वाणिज्यदूत कार्यालयले दुवै सहरबीच समन्वयको भूमिका निर्वाह गर्ने जनाएको छ।
यो सहकार्यले शिक्षा, पर्यटन, संस्कृति, स्थानीय प्रशासन र सामाजिक एकताको क्षेत्रमा दीर्घकालीन साझेदारीको ढोका खोल्ने अपेक्षा गरिएको उनले बताए । मेरिबेक क्षेत्र, विशेषगरी ग्लेनरोयमा उल्लेख्य संख्यामा नेपाली समुदाय बसोबास गर्छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ जेठ २०८२, ०८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फोहोर प्रशोधन केन्द्रका लागि वन क्षेत्रको जग्गा प्राप्ति प्रक्रिया अन्तिम चरणमा, भरतपुर महानगरद्वारा थप बजेट सुनिश्चित
भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा
भरतपुर महानगरले दियो ७ हजार बढीलाई नि:शुल्क सीप तालिम
भरतपुर महानगरको सार्वजनिक सुनुवाई: प्रशंसा, ध्यानाकर्षण र सुझाव !
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान