काठमाडौं । आईसीसी विश्वकप लिग–२ को अभ्यासका लागि युके पुगेको नेपाली टोलीले पहिलो एक दिवसीय अभ्यास खेलमा जित निकालेको छ ।
शुक्रबार कार्डिफको न्युपोर्ट टोलीलाई नेपालले तीन विकेटले हराएको हो । २१३ रनको लक्ष्य नेपालले ३७.५ ओभरमा सात विकेटको क्षतिमा पूरा गरेको हो ।
जवाफी ब्याटिङमा खराब सुरुवात गरेको नेपालका लागि आरिफ शेख र गुल्सन झाले सानदार अर्धशतक बनाउँदै नेपाललाई जितको बाटो देखाएका थिए । गुल्सनले नेपालका लागि सर्वाधिक ८० रन बनाए भने आरिफले नटआउट ७३ रन बनाए । आरिफ र गुल्सनले सातौ विकेटका लागि १३४ रनको साझेदारी गरेका थिए ।
सुरुमा बलिङ गरेको नेपालका लागि कुशल भुर्तेलले तीन विकेट हात पार्दा दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए । नेपालका लागि रिजन ढकाल, ललित राजवंशी र सोमपाल कामीले समान एकएक विकेट लिए । युकेमा नेपालले थप तीन टोलीसँग अभ्यास खेल्नेछ । अभ्यास खेलपछि नेपालले लिग–२ का खेल खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ जेठ २०८२, ०७ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाको बढ्दो नेपाल चासो : लगातार उच्चस्तरीय भ्रमणको अर्थ के ?
एलडीसी स्तरोन्नति तीन वर्ष पर सार्न राष्ट्रसंघसमक्ष नेपालको औपचारिक आग्रह
स्कटल्यान्डमाथि नेपालको सहज जित
सीमा क्षेत्रमा भारतको लगातार बाँध निर्माण, नेपाल सरकार मौन
विश्वकप लिग–२ : यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल
विश्वकप लिग-२ : कीर्तिपुरमा नेपाल र यूएई भिड्दै