चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २५ शुक्रनगरमा एक व्यत्तिले आफ्नी छोरी र दाजुको छोराको हत्या गरेका छन् । ४२ वर्षीय लिलाराज गिरीले दाजु दया गिरीको छोरा ५ वर्षका साजन गिरी र आफ्नी छोरी ७ वर्षकी प्रभालाई बिहान १० बजे धारिलो हतियार प्रहार गरेर हत्या गरेका हुन् ।
हतियार प्रहराबाट गम्भीर घाइते भएका साजन र प्रभाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार गर्ने क्रममा आज बिहान मृत्यु भएको हो । घटनापछि लिलाराजले आफ्नै घाँटी रेटेका थिए । उनको गम्भीर अवस्थामा उपचार भइरहेको छ। घटनाको कारण खुलेको छैन । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्याल चितवनले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ जेठ २०८२, ११ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धारिलो हतियार प्रयोग गरी छोराले गरे आमाको हत्या
तनहुँमा तीन जनाको बीभत्स हत्या, घटना रहस्यमय
धारिलो हतियार प्रहार गरी दाजुले गरे भाइको हत्या
१३ वर्षीया किशोरीको हत्या आरोपमा एकजना पक्राउ
धनुषामा गोली प्रहारबाट वडाअध्यक्षको हत्या, प्रहरी जवान पक्राउ
जबरस्ती करणी मुद्दामा कारागारबाट छुटेकै दिन राति श्रीमतीको हत्या