डडेलधुरा । १६ महिनादेखि प्रदेश सभाको संसदीय दलको नेताको विवादमा रुमल्लिरहेको माओवादी केन्द्रले अन्ततः विवाद मिलाएको छ ।
मध्यपहाडी लोकमार्ग अभियानका लागि डडेलधुरा पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहित पार्टीका पदाधिकारीहरु र सुदूरपश्चिम प्रदेशका नेतासहित प्रदेश सभाका सांसदहरुसहित बसेको बैठकले प्रदेशसभाको दल नेता सम्वन्धी विवाद मिलाएको हो ।
विवाद मिलेपछि फेरि प्रदेश सभाको दल नेतामा खगराज भट्ट नै सर्वसम्मत चयन भएका छन् । यस अगाडी भट्टलाई प्रदेश सभाका बहुमत माओवादी सांसदहरुले नमान्ने भन्दै हटाएका थिए ।
माओवादीमा प्रदेश सभा दल नेताको विवाद सुदूरपश्चिम पछि मधेस प्रदेशमा पनि छ । मधेस प्रदेश सभाको दल नेता भरत शाहविरुद्द त्यहाँ पनि मोर्चाबन्दी भएको छ । उक्त विवाद पनि हल गरेर जाने माओवादीले जनाएको छ ।
२०८० माघ १२ गते बहुमतबाट खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाइएको थियो । त्यसयता, माओवादी प्रदेश सभा दलको नेताको विवाद उत्कर्षमा थियो ।
भट्टलाई नै दल नेता बनाउन पार्टी केन्द्रले पटक पटक प्रदेश सभा दल कार्यालयलाई लिखित र मौखिक निर्देशन दिँदा पनि अटेर हुँदै आएको थियो । तर बिहिबार डडेलधुरामा पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरु नन्दबहादुर पुन, पम्फा भुषाल, महासचिव देव गुरुङ लगायतका नेताहरुको उपस्थितीमा विवाद हल गरिएको हो ।
दलको उपनेता, प्रमुख सचेतक र सचेतकका सम्बन्धमा भने कुनै निर्णय माओवादीले लिईसकेको छैन । पार्टीभित्र नयाँ ढंगले जनउभार आईरहेको र कांग्रेस र एमाले गठबन्धन बनाएर अगाडी बढिरहेको बेला पार्टीभित्रको आन्तरिक विवाद हल गरेर जानुपर्नेमा अध्यक्ष प्रचण्डले जोड दिएका थिए ।
सबै नेताहरुलाई योग्यता र क्षमताका आधारमा जिम्मेवारीमा भेदभाव नगर्ने तर वरिष्ठता, योग्यता र क्षमताका आधारमा पनि खगराजलाई नै अहिले दल नेता बनाएर सबै प्रदेश सांसदहरु त्यही गोलबद्द भएर संसदमा शसक्त रुपमा प्रस्तुत हुनुपर्ने प्रचण्डको निर्देशन पछि प्रदेश सभाका सांसदहरुले एकमतले भट्टलाई दल नेता फेरि स्वीकार गरेका हुन् ।
१६ महिनापछि भट्ट फेरि दल नेतामा पूर्नवहाली भएका हुन् । डडेलधुरामा अध्यक्ष प्रचण्डसहित बसेको बैठकले गरेको निर्णय अब प्रदेश सभामा जानकारी गराएपछि भट्ट माओवादी सुदूरपश्चिम प्रदेश सभाको दल नेता बन्नेछन् ।
माओवादीमा प्रदेश सभा दल नेताको विवाद सुदूरपश्चिम पछि मधेस प्रदेशमा पनि छ । मधेस प्रदेश सभाको दल नेता भरत शाहविरुद्द त्यहाँ पनि मोर्चाबन्दी भएको छ । उक्त विवाद पनि हल गरेर जाने माओवादीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ जेठ २०८२, १० : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादीले माग्यो राज्य व्यवस्था समितिका सभापति खतिवडाको राजीनामा
माओवादीद्वारा समिति बनाउने सरकारको निर्णयको स्वागत
भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गरेकोमा माओवादी सकारात्मक, सांसदलाई ह्विप नलगाउने
दुई बुँदे सहमति कहिले कार्यान्वयन हुन्छ ? भन्दै सरकारलाई माओवादीको प्रश्न
सरकारले सदनलाई हेपेको माओवादीको आरोप
भिजिट भिसा प्रकरणमा तत्काल छानबिन समिति बनाउन सरकारसँग माओवादीको माग