काठमाडौँ । सघन सहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियर घुससहित पक्राउ परेका छन् ।
महोत्तरीको भंगहा नगरपालिका–२ घर भई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थली बस्ने ४२ वर्षीय सन्तोष कुमार यादवलाई प्रहरीले ५ लाख ७० हजार घुससहित पक्राउ गरेको हो ।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ स्थित एक रेस्टुरेन्टबाट उनलाई घुससहित बिहीबार पक्राउ गरिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले खोटाङमा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानीमा विभिन्न बहानामा दुःख दिने गरेको सूचनाका आधारमा पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ जेठ २०८२, ०७ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुद्दा मिलाइदिने भन्दै घुस लिने हवल्दार पक्राउ
वीर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ
शिक्षक नियुक्तिमा घुस लिने क्रममा प्रधानाध्यापकसहित दुई जना पक्राउ
बाँके जिल्ला अदालतका नायब सुब्बा घुससहित पक्राउ
कैलालीका वरिष्ठ वन अधिकृत ७ लाख ३१ हजार घुससहित पक्राउ
नवलपरासीमा घुससहित जिल्ला अदालतका कम्प्युटर अपरेटर पक्राउ