काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग रुसी महासंघअन्तर्गतको काल्मिकियाका प्रमुख बाटु कासिकोभ नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटका अवसरमा नेपाल र रुसबीचको मित्रवत् सम्बन्धका विविध आयामबारे छलफल भएको छ । प्रमुख कासिकोभले आगामी ‘सेप्टेम्बर’मा काल्मिकियामा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री ओलीलाई निम्तो दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सोही अवसरमा प्रधानमन्त्री ओलीले रुसी महासंघका राष्ट्रपति भ्यादिमिर पुटिनलाई नेपालको औपचारिक भ्रमणका लागि निमन्त्रणाको सन्देश सुनाइदिन आग्रह गरे ।
प्रधानमन्त्री ओलीले नेपाल र रुसबीच कुनै पनि किसिमको सैन्य सम्झौता नभएको अवस्थामा रुसी सेनामा नेपालीलाई भर्ना नगर्न राष्ट्रपति पुटिनलाई आफ्नो सन्देश सुनाइदिन पनि आग्रह गरे । जवाफमा प्रमुख कासिकोभले अब त्यसरी भर्ना नगाइने विश्वास दिलाए ।
भेटका अवसरमा नेपालस्थित रुसी राजदूतावासका राजदूत आलेक्सी नोभिकोभ, परराष्ट्र मन्त्रालयका उच्चाधिकारीलगायत सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ जेठ २०८२, १५ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोदीले पठाएको भारत भ्रमणको औपचारिक निमन्त्रणा पत्र प्रधानमन्त्री ओलीलाई हस्तान्तरण
नौबिसे–नागढुंगा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा छः प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीद्वारा मधेस प्रदेश प्रहरी कार्यालय भवन उद्घाटन
नेपालमा प्रयोगमा रहेका सामाजिक सञ्जालहरू अनिवार्य दर्ता हुनुपर्छ : प्रधानमन्त्री ओली
‘अहिलेको डिजिटल युगमा म पनि एआई प्रयोग गर्छु’: प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीको दाबी : ‘०८४ को निर्वाचनसम्म यही समीकरण अघि बढ्छ’