कालीकोट । सुत्केरी हुन नसकेपछि एक महिलाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । कालिकोटको तिलागुफा नगरपालिका-१० का २२ वर्षीया सन्तकला रोकायालाई सुत्केरी हुन नसकेपछि हेलिकप्टरमार्फत उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको हो ।
स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नहुँदा अवस्था जटिल बन्दै गएका कारणले बिहीबार उनलाई हेलिकप्टरमार्फत सुर्खेतस्थित प्रदेश अस्पतालमा लगिएको तिलागुफाका उपप्रमुख महेन्द्रबहादुर शाहीले जानकारी दिए ।
रोकाया सुत्केरी हुने अनुमानित मिति जेठ १९ गते भएको र प्रसूति व्यथा सुरु हुनु अगावै खतराको लक्षण देखा परेकाले आकस्मिक अप्रेसन गरी बच्चा र आमालाई स्वास्थ्य उपचार गर्नुपर्ने भएकाले रिफर गरिएको स्वास्थ्य चौकी चिल्खायाका सिनियर अहेब धनरुप शाहीले बताए ।
सुत्केरी व्यथा लागि जटिल अवस्थामा पुगी रोकायाको उक्त बर्थिङ सेन्टरमा सुत्केरी गराउनसमेत नसकिने हुँदा तत्काल सुविधा सम्पन्न अस्पतालमा थप उपचार गराउनुपर्ने भएको र उनको आर्थिक अवस्था कमजोर भएको भनी तिलागुफा नगर कार्यपालिकाको कार्यालयको पत्रका आधारमा महिला उत्थान समन्वय एकाइको हेलिकप्टरमार्फत कर्णाली प्रदेश अस्पतालमा पठाइएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ जेठ २०८२, १३ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीवितै उद्धार
विभिन्न समस्यामा परेका ७३ बालबालिकाको उद्धार
नारायणी नदीमा हामफालेका व्यक्तिको सकुशल उद्धार
दशगजाबाट गम्भीर घाइते अवस्थामा एक नेपालीको उद्धार
डोटीमा गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार
भारतका विभिन्न सहरबाट १४५ जनाको उद्धार