काठमाडौँ । भक्तपुरको सुर्यविनायक नगरपालिका–२ स्थित बालकोटबाट प्रहरीले खैरो हेरोइनसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउँपालिका–२ स्थित ओखरपौवा घर भएका ३७ वर्षीय हरिनाथ कोइराला छन् ।
आरोपीको साथबाट १ ग्राम ३२ मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले बताए ।
कोइराला बुधवार बालकोटमा रहेको प्रि सियस स्कुल नजिकैबाट पक्राउ परेका हुन् । आरोपीमाथि प्रहरी वृत्त थिमीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ जेठ २०८२, ११ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ