काठमाडौँ । भक्तपुरको सुर्यविनायक नगरपालिका–२ स्थित बालकोटबाट प्रहरीले खैरो हेरोइनसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउँपालिका–२ स्थित ओखरपौवा घर भएका ३७ वर्षीय हरिनाथ कोइराला छन् ।
आरोपीको साथबाट १ ग्राम ३२ मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले बताए ।
कोइराला बुधवार बालकोटमा रहेको प्रि सियस स्कुल नजिकैबाट पक्राउ परेका हुन् । आरोपीमाथि प्रहरी वृत्त थिमीले अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ जेठ २०८२, ११ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ