बुटवल । लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन अन्तर्गत दोस्रो बैठक आज दिउँसो १ बजे बस्दै छ । प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरका अनुसार बैठकको सम्भावित कार्यसूची तय गरिएको छ ।
एउटा विधेयक पेश हुने, सभामुख तुलाराम घर्ती मगरले प्रदेशसभा सदस्यहरूको अनुपस्थितिको जानकारी सभामा गराउने, प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा मन्तव्य राख्ने विषय कार्यसूचीमा समावेश छ ।
आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सामयिक कर राजश्व सङ्कलन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभा बैठकमा पेश गर्ने सम्भावित कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ जेठ २०८२, ०७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिम प्रदेश सभामा प्रज्ञा-प्रतिष्ठानको विधेयक पारित
लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
बागमती प्रदेश सभा: आजदेखि बजेटमा छलफल
सुदूरपश्चिममा काँग्रेसले रोस्ट्रम घेरेपछि ३० मिनेटको लागि संसद् स्थगित