काठमाडौ । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस गर्न बनाइएको सिफारिस समितिमा डा पोषराज पाण्डेलाई नियुक्त गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त स्थानमा अर्थशास्त्री पाण्डेलाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए।
यसअघि गठित समितिमा अर्थविद्का रुपमा सदस्य नियुक्त भएका विश्व पौडेलले राजीनामा दिएपछि उक्त स्थान रिक्त थियो।
गभर्नरका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पौडेलको नाम अघि सारेको चर्चा भएलगत्तै उनले सिफारिस समितिबाट राजीनामा दिएका थिए।
महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि गत चैत २५ देखि गभर्नर नियुक्त हुन सकेको छैन।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ जेठ २०८२, ०६ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैंकिङ क्षेत्र सुधार कार्यदलले गभर्नरलाई बुझायो प्रतिवेदन
अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाएको छौँ : गभर्नर पौडेल
गभर्नर पौडेलले घटाए नीतिगत दर, ४.५ प्रतिशत कायम
नेपाल राष्ट्र बैङ्कले गर्यो बैङ्किङ क्षेत्र सुधार सुझाव कार्यदल गठन
गभर्नर नियुक्तिविरुद्धको रिटमा आज अन्तरिम आदेशका लागि सुनुवाइ
गभर्नर विश्वनाथ पौडेलविरुद्धको रिटमा आज पेसी