काठमाडौँ । लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आजदेखि सुरु हुँदैछ। बैठक दिउँसो १ बजेका लागि तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद्ले वैशाख ३१ गतेका लागि प्रदेश सभाको छैटौँ अधिवेशनको बैठक आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।
सरकारको सिफारिस अनुसार प्रदेश प्रमुख घर्तीले आह्वान गरेअनुसार बैठक बस्न लागेको हो । पहिलो बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउने र शुभकामना आदानप्रदान प्रदेशसभा सदस्यहरूले सम्बोधन गर्ने सम्भावित कार्यसूचीमा समावेश गरिएको छ ।
जेठको पहिलो हप्ता प्रदेश सरकारले नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ बैशाख २०८२, ०७ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच मन्त्रीको लिए शपथ
लुम्बिनी प्रदेशमा एमालेका चार मन्त्रीले दिए राजीनामा
लुम्बिनी प्रदेश सभा बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने
लुम्बिनी प्रदेश : २६ निर्वाचन क्षेत्रमध्ये १३ मा मतगणना जारी