धनुषाा । जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी महिला संघ, नेपालको केन्द्रीय अध्यक्षमा निर्मला यादव निर्वाचित भएकी छन् ।
जनकपुरधामस्थित महेन्द्रनारायण निधी सांस्कृतिक केन्द्रमा सम्पन्न महिला संघको राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष यादवसहित ४७ सदस्यीय केन्द्रीय समिति निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन आयुक्त चन्देश्वर प्रसाद सिंहले जानकारी दिएका छन् ।
उनका अनुसार समितिको उपाध्यक्षमा प्रमिलाकुमारी सिंह, सुनिता देवी मोची, दिना लामा, सीमा नेसा र महासचिवमा भगवती सुवेदी निर्वाचित भएका छन् । त्यस्तै समितिको उपमहासचिवमा सर्निता कुमारी यादव, सचिवमा सरस्वती जयसवाल, सवनम अन्सारी र कोषाध्यक्षमा प्रमिला गिरी निर्वाचित भएका छन् ।
समितिको केन्द्रीय सदस्यहरु अम्भु सिंह, रेणुका सिंह, उषा कुमारी, निर्मला देवी रमण, सावित्री पण्डित, सुधा दास, विनीता कुमारी सिंह, पावित्री साह, ललिता देवी साह, लालीमाया तामाङ, सिताकुमारी यादव, सुशीला घलान, ललिता यादव, बसन्ती देवी नुनीया, कुन्ता राई, सपना अधिकारी, शर्मिला राई, रीता खापुङ, बन्दना कर्ण, सफिना खातुन, सब्बो खातुन, इश्रत खातुन, शान्ता तामाङ मोक्तान, फुलमाया नेम्बाङ, मनुमाया मोक्तान, अम्बिका कुमारी विश्वकर्मा, सुनिता देवी महरा, ज्योति खम्बु, रिपल राई, ओममाया आङदेम्बे, स्त्रीमाया तामाङ, गीता कार्की, सरस्वती पोखरेल, कोपिला कार्की, गायत्री यादव, लिला परियार र मधु सोनकर रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० बैशाख २०८२, १५ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेसमा उम्मेदवार बन्न दलका अध्यक्षको ताँती
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी
छठले राष्ट्रिय एकता मजबुत बनाउन विशिष्ट भूमिका खेल्छ: राष्ट्रियसभा अध्यक्ष दाहाल
नाउपाले लालवीर चौधरीलाई बनायो अध्यक्ष
काठमाडौँ जिल्ला अदालत बारको अध्यक्षमा चिलुवाल
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा खनाल