विराटनगर । बाल सुधार गृहमा बस्दै आएका ३ जना बालक फरार भएका छ्न् । विराटनगर–३ स्थित कोशी बाल सुधार गृहबाट सोमबार दिउँसो तीन जना बालबिज्याइँकर्ता फरार भएका हुन् । उनीहरु जवरजस्ती करणी जस्ता गम्भीर मुद्दामा सजाय भोगिरहेका थिए ।
फरार हुनेहरू उदयपुर, झापा र ताप्लेजुङ घर भएका १७ देखि १८ वर्ष उमेर समूहका बालकहरू हुन् । बाल सुधार गृहका प्रमुख मिलन चौहानका अनुसार फरारमध्ये उदयपुरका १८ वर्षीय बालकलाई अदालतले १६ वर्ष ८ महिना कैद सजाय सुनाएको थियो, जसको तीन वर्ष उनी सुधार गृहमै बिताइसकेका थिए ।
बाँकी दुई बालक झापा र ताप्लेजुङका रहेका छन्, जो पाँच महिनाअघि पुर्पक्षका लागि सुधार गृहमा राखिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० बैशाख २०८२, ११ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाल सुधार गृहलाई सुरक्षित बनाउन सांसदहरूको माग