काठमाडौ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले बाल सुधार गृहमा प्रहरीले हतियारसहित प्रवेश पाउने प्रावधान राख्न लागिएको बताउनुभएको छ ।
बिहीवारको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै उहाँले बाल सुधार गृहमा प्रहरीले हतियार सहित प्रवेश पाउने प्रावधान राख्न लागिएको गराउनुभएको हो । यसअघि प्रहरीलाई सुधार गृहभित्र जाँदा हातहतियार लिएर जान पाउने व्यवस्था थिएन । जस्तोसुकै झगडा भएपनि हतियोर प्रयोग गर्न पाउँदैन थिए ।
अब संशोधन हुन लागेको बालबालिका सम्बन्धी अधिकार,२०७५ लाई संशोधन गर्न बनेको विधेयकमा भने भयावह अवस्था आएको खण्डमा नियन्त्रणका लागि अन्तिम अस्त्रको रुपमा हातहतियार चलाउन पाउने व्यवस्था राखिएको बताउनु भयो । उहाँले बाल सुधार गृहमा राखिएका १८ वर्ष पार गरिसकेका व्यक्तिहरुलाई अब नुवाकोटस्थित कारागारमा एउटा ब्लक लिएर सार्न लागिएको बताउनु भयो । उहाँकाअनुसार उक्त भवनमा २५० जना अटाउनेछन् ।
उहाँले भन्नुभयो, ‘बाल सुधार गृहको सन्दर्भमा हामी धेरै प्रगति पनि गरेका छौँ । बाल सुधार गृहको सम्बन्धमा एउटा ऐन टेबल भएको छ । सदनमा टेबल भएको समितिमा आउँछ नै । १८ वर्ष पार गरिसकेका जो बालबालिका सुधार गृहमा छन्, उनीहरुलाई सेप्रेट गर्नुपर्छ । त्यहाँबाट अर्को ठाउँमा राख्नुपर्छ भन्ने प्रश्ताव छ । अहिले विद्यमान ऐनमा के छ भने बाल सुधार गृहमा प्रहरीहरुले हातहतियार लिएर जान पाइँदैन । उनीहरु भित्र भएका घटनाहरुको मुकदर्शक भएर हेर्ने बाहेक अर्को विकल्प छैन । त्यसको लागि हामीले अवस्था भयावह भयो कुनैपनि नियन्त्रण गर्नसक्ने अवस्था रहेन भने अन्तिम अस्त्रको रुपमा हतियार प्रयोग गर्न सकिने भनेर संशोधनमा परेको छ । नुवाकोटको कारागार भवन जुन छ, त्यसको एउटा ब्लक हामीलाई प्रयोग गर्न भनेर दिनुभएको छ । त्यो २५० जना अट्ने क्षमताको छ ।
त्यसमा चालु आवमा बजेट पनि विनियोजन गरेका छौँ । छिटै एउटा टोली बनाएर अध्ययन गर्नेछौँ । २५० जनालाई त्यहाँ पठाउनसक्यौँ भने अन्य ठाउँमा रहेको क्लाउडलाई कम गर्नसक्छौँ ।’ सचिव बस्नेतले २५० जनालाई सार्नसके सुधार गृहमा भइरहेको भीडलाई कम गर्न सकिने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ साउन २०८२, १७ : ०२
लेखकबाट थप