काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारको मुहान बन्द गर्नका लागि अहिलेको शासकीय स्वरूप बदल्नुपर्ने बताएका छन् । किराती लिम्बुवानले आइतबार धरानमा गरेको संयुक्त सभालाई सम्बोधन गर्दै उनले शासकीय स्वरूप र निर्वाचन प्रणाली बदल्न संविधान संशोधन हुनुपर्ने बताएका हुन् ।
‘त्यतिबेला(संविधान निर्माण) पनि हामीले भनेका थियौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा जाने हो भने प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जानै पर्छ । यसो गर्दा धनीहरूले मात्र चुनाव लड्ने स्थितिको अन्त्य हुन्छ’, उनले भने, ‘लाखौं पैसा खर्च गरेर सांसद हुने । त्यसपछि करोड खर्च गरेर मन्त्री हुने । अनि आफूले खर्च गरेको पैसा डबल त्रेबर बनाएर उठाउने जुन प्रणाली छ जबसम्म रहन्छ यो देशबाट भ्रष्टाचारको अन्त्य हुनै सक्दैन ।’
तर,आफूले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा अडान राख्दा संविधान नै नबन्ने खतरा देखिएपछि नेट अफ डिसेन्ट राखेर संविधान बनाउन सहयोग गरेको उनले जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ बैशाख २०८२, १५ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुलुकले सुगौली सन्धि यता यति ठूलो चुनौती सामना गर्नुपरेको थिएन: प्रचण्ड
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार