काठमाडौँ । भारतीय वायुसेनाले अपरेशन सिन्दूर जारी रहेको बताएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्दै वायुसेनाले अपरेशन सिन्दूर सञ्चालन अझै पनि जारी रहेको उल्लेख गरेको हो।
वायुसेनाले लेखेको छ,‘भारतीय वायुसेनाले अपरेशन सिन्दूरमा तोकिएको कार्य सटीकता र व्यावसायिकताका साथ सफलतापूर्वक सम्पन्न गर्यो। यो अपरेशन राष्ट्रिय उद्देश्यहरू अनुरूप सोचविचार र विवेकपूर्ण रूपमा सञ्चालन गरिएको थियो।’
भारतीय वायुसेनाले सबैलाई अनुमान र अप्रमाणित जानकारीको प्रसारबाट बच्न अनुरोध गरेको छ। पहलगाम आक्रमणपछि भारतले मे ६-७ को मध्यरातमा पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा हवाई आक्रमण गरेको थियो। यसपछि दुवै देशले एक अर्काको सैन्य अड्डाहरूमा आक्रमण गरेका थिए।
शनिबार साँझ भारत र पाकिस्तानले दुई देशबीच युद्धविरामको घोषणा गरेका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २८ बैशाख २०८२, १५ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य, १० दिनमा तेस्रो पटक वृद्धि
चाँदी आयातमा भारतको कडाइ, उच्च शुद्धतायुक्त सिल्भर ‘रिस्ट्रिक्टेड’ सूचीमा
सीमा क्षेत्रमा भारतको लगातार बाँध निर्माण, नेपाल सरकार मौन
नेपाललाई आवश्यक मल र इन्धन आपूर्ति निरन्तर रहने भारतको प्रतिबद्धता
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त