काठमाडौँ । भारतीय वायुसेनाले अपरेशन सिन्दूर जारी रहेको बताएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्दै वायुसेनाले अपरेशन सिन्दूर सञ्चालन अझै पनि जारी रहेको उल्लेख गरेको हो।
वायुसेनाले लेखेको छ,‘भारतीय वायुसेनाले अपरेशन सिन्दूरमा तोकिएको कार्य सटीकता र व्यावसायिकताका साथ सफलतापूर्वक सम्पन्न गर्यो। यो अपरेशन राष्ट्रिय उद्देश्यहरू अनुरूप सोचविचार र विवेकपूर्ण रूपमा सञ्चालन गरिएको थियो।’
भारतीय वायुसेनाले सबैलाई अनुमान र अप्रमाणित जानकारीको प्रसारबाट बच्न अनुरोध गरेको छ। पहलगाम आक्रमणपछि भारतले मे ६-७ को मध्यरातमा पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा हवाई आक्रमण गरेको थियो। यसपछि दुवै देशले एक अर्काको सैन्य अड्डाहरूमा आक्रमण गरेका थिए।
शनिबार साँझ भारत र पाकिस्तानले दुई देशबीच युद्धविरामको घोषणा गरेका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २८ बैशाख २०८२, १५ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इयू र भारत व्यापार सम्झौताको नजिक
भारतले जित्यो तीन खेलको वान डे सिरिज
भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोट: सात जनाको मृत्यु, ३० घाइते
नेपालले भारतलाई हरायो
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर