झापा। धारिलो हतियार घाँटीमा प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा झापाको कनकाई नगरपालिका– २ सुकेडाका ३५ वर्षीय कविराज हेमरन पक्राउ परेका छन् ।
३४ वर्षीया श्रीमती पूजा हेमरनलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा कविराजलाई गएराति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
'दुई जनाबीच झगडा भएपछि श्रीमतीको हत्या गरी कविराज फरार भएका थिए । उनलाई सुरुङ्गा क्षेत्रबाट नियन्त्रणमा लिइएको हो,' उनले भने । घटनाबारे इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ बैशाख २०८२, १२ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१७ करोडभन्दा बढीको क्रिप्टो कारोबारमा चिनियाँ नागरिक पक्राउ
नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ
४० हजार घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ
व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ
ठगी गरेको अभियोगमा एक जना पक्राउ