झापा। धारिलो हतियार घाँटीमा प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा झापाको कनकाई नगरपालिका– २ सुकेडाका ३५ वर्षीय कविराज हेमरन पक्राउ परेका छन् ।
३४ वर्षीया श्रीमती पूजा हेमरनलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा कविराजलाई गएराति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
'दुई जनाबीच झगडा भएपछि श्रीमतीको हत्या गरी कविराज फरार भएका थिए । उनलाई सुरुङ्गा क्षेत्रबाट नियन्त्रणमा लिइएको हो,' उनले भने । घटनाबारे इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ बैशाख २०८२, १२ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ