काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विपक्षी दलका नेता तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारबारे गरेका टिप्पणीलाई तपाई के बोल्दै हुनुहुन्छ भनेर प्रश्न गरेका छन् ।
सामाजिक सञ्जालमा आइतबार पोखरेलले तथ्यहरु एकातिर तर प्रचण्डको बोली अर्कोतिर भएकाले कुण्ठाबाहेक केही नभएको दाबी गरेका छन् । महासचिव पोखरेलले प्रचण्डलाई उधृत गर्दै लेखेका छन्’ ‘यी तथ्यहरुले तपाईको वोलीमा तथ्य होइन कुन्ठा मात्र देखिन्छ ।’
तथ्यका रुपमा पोखरेलले प्रचण्ड प्रधानमन्त्री हुँदाको समयमा भन्दा राजश्वमा उल्लेख्य वृद्धि भएको, विदेशी मुद्राको संचिति वढेको र सोधनान्तर स्थितिमा उल्लेख्य बचत रहेको दाबी गरेका छन् ।
‘निर्माण व्यावसायीलाई काम वापतको तपाई नेतृत्वको सरकारले दिन नसकेको भुक्तानी प्रदान गरिएको छ ।निर्माण ठप्प रहेका ठुला आयोजनाहरुको काममा तिव्रता आएको छ । जस्तो पोखरा –मुग्लिन सडक, गैडाकोट– वुटवल सडक आदी’, उदाहरण दिदै पोखरेलले प्रचण्डलाई भनेका छन् ।
त्यसतै उनले भुकम्प र वाढि पिडितका क्षतिग्रस्त आवास निर्माणका लागि श्रोतको व्यवस्था भएको, वैंकको तरलता वृद्धि भएको र व्याजदर घटेको अनि लगानी वृद्धि हुन थालेको बताएका छन् ।
‘कानून निर्माणको कामले तिव्रता पाएको छ, कानूनी सुधारको प्रकृयावाट लगानी योग्य वातावरण तयार भएको छ’, पोखरेलले भनेका छन्, ‘कÞानून कार्यान्वयन गर्ने निकायले विना हस्तक्षेप काम गर्ने वातावरण तयार भएको छ ।’
साथै उनले भूमि समस्याको समाधानको प्रकृया अघि वढेको र सरकारको स्थायित्वको आधार तयार भएको पनि बताएका छन् । ‘उपरोक्त कारणले नै तपाईको पीडा र छटपटी वढेको देखिन्छ । होइन र ?’, पोखरेलले प्रचण्डलाई सोधेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ बैशाख २०८२, ०९ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६ महिनाभित्र महाधिवेशन गर्ने प्रचण्डको प्रस्ताव
थोरै सीट आए पनि हाम्रो मुद्दाले जित्योः प्रचण्ड
‘निर्वाचन परिणामभन्दा मुद्दाको जित महत्वपूर्ण’ : ‘प्रचण्ड’
ओली प्रकरणमा निष्पक्ष अनुसन्धान आवश्यक: प्रचण्ड
प्रचण्ड नेकपाकाे संसदीय दलको नेता चयन
गणतान्त्रिक प्रणालीमा प्राप्त परिणामलाई सकारात्मक रूपमा लिएको छु : प्रचण्ड