विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काङ्ग्रेस र एमालेको वैशाखी टेकेर सरकारमा नजाने बताएका छन् । पाँचथरको फिदिममा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी सरकार ढाल्ने खेलमा समेत नलाग्ने बताए । उनले भने हामी बुर्जुवाहरूको वैशाखी टेकेर सरकारमा जाँदैनौ ।
हामी आफ्नै बल बुतामा उत्पीडितहरूको साथ लिएर ६४ मा जस्तै सरकारको नेतृत्व लिन्छौ । उनले सरकारबाट माओवादी हटेपछि जनताले माओवादीलाई साथ दिएको दाबी गरे । उनले माओवादीको लहर आएको स्ववियू निर्वाचनबाटै देखिएको र ८४ सम्म पुग्दा माओवादी पहिलो पाटी हुने दाबी गरे । उनले वर्तमान सरकार बिचौलियाहरुले बनाई दिएको आरोप लगाए ।अध्यक्ष प्रचण्डले भने यो सरकार ढल्यो भने आफ्नै कु कर्मका कारण ढल्छ अरू कसैले ढाल्न पर्दैन ।
उनले यो सरकारले नराम्रो भन्दा अरू कुनै काम नगरेको दाबी गरे । उनले सभालाई सम्बोधन गर्दै भने ,यो सरकारले नराम्रो जति सबै काम गर्यो राम्रो भन्ने एउटा पनि गरेन ।अध्यक्ष प्रचण्डले यो सरकार को रुझेको बिरालोको हालत भएको बताए । उनले भने, सरकार २ तिहाइ को छ तर मनमा डर बोकेर बसेको छ । यो सरकार डरले रुझेको बिरालो भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ बैशाख २०८२, १६ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘सोसल मिडियाबाट हो-हल्ला गर्नेहरू नै जनताका मुक्तिदाता हुन् भन्ने भ्रम पार्न खोजियो’: प्रचण्ड
देशलाई संकटबाट निकास दिन एकमात्र विकल्प : प्रचण्ड
‘प्रचण्ड’-माधव र झलनाथसँग चुनावी तालमेलबारे रन्जिताले गरिन् संवाद
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
‘फागुन २१ मै चुनाव हुनुपर्छ, आवश्यक सहयोग गर्न तयार छौँ’ : ‘प्रचण्ड’
‘प्रचण्ड’ र सञ्चार मन्त्री खरेलबीच भेटवार्ता