तेहरान । इरानका परराष्ट्र मन्त्री सैयद अब्बास अराघचीले अमेरिकासँगको आगामी अप्रत्यक्ष वार्ता आइतबार मे ११ मा ओमानमा आयोजना हुने निश्चित भएको जानकारी दिएको छ। ओमानी पक्षले वार्ताको समय चाँडै घोषणा गर्ने अपेक्षा गरिएको छ।
उक्त वार्ता ओमानको मध्यस्थतामा भइरहेको हो, जसको उद्देश्य तेहरानको आणविक कार्यक्रम तथा अमेरिकाद्वारा इरानमाथि लगाइएका प्रतिबन्धहरूको समीक्षा र सम्भावित हटाउने उपायहरूसम्बन्धी छलफल गर्नु हो। मन्त्री अराघचीका अनुसार इरान वार्तामा आफ्नो सिद्धान्तमा आधारित स्पष्ट र स्थिर अडानमा दृढ रहन्छ, यद्यपि अमेरिकी पक्षबाट विरोधाभासी सन्देशहरू आइरहेका छन्।
उनले यस वार्ताअघि साउदी अरेबिया र कतारको भ्रमण गर्ने कार्यक्रम रहेको जानकारी पनि दिए। उनी रियाधमा क्षेत्रीय विषयहरूमा परामर्श गर्नेछ र दोहामा आयोजना हुने ‘इरान–अरब विश्व संवाद’ सम्मेलनमा सहभागी हुने तयारीमा छन्। हालसम्म इरान र अमेरिकाबीच तीन चरणका अप्रत्यक्ष वार्ता सम्पन्न भइसकेका छन्। चौथो चरणको वार्ता मे ३ मा रोममा तय गरिएको भए पनि ओमानले ‘प्राविधिक कारण’ देखाउँदै स्थगित गरेको थियो।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २७ बैशाख २०८२, १२ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी
इरानको ड्रोन आक्रमणबाट युएईमा ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
इरानमाथि अमेरिका र इजरायलको आक्रमणपछि बोल्यो चीन, संयुक्त राष्ट्रसंघमा आपत्ति
इरानी आक्रमणको युएईद्वारा कडा निन्दा, आफ्ना सैन्य बललाई 'उच्च सतर्कता' मा रहन निर्देशन
अवस्था सामान्य नहुँदासम्म इजरायल र इरानको यात्रा नगर्न नेपाल सरकारको आह्वान