मन्त्रिपरिषद्का बैठक निर्णय झन् गुपचुप राख्न प्रधानमन्त्रीको आग्रह

पत्रपत्रिकाबाट

शुक्रबार, ३० कार्तिक २०७५, ०८ : ३१
मन्त्रिपरिषद्का बैठक निर्णय झन् गुपचुप राख्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं  । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक नगर्न मन्त्रीहरुलाई पुनः सचेत गराएका छन् ।

गत आइतबारको मन्त्रिपरिषद् बैठकका निर्णय गोप्य राख्ने भनिए पनि केही मन्त्रीले सार्वजनिक गरेपछि बिहीबारको बैठकमा ओलीले थप सचेत गराएका हुन् । 

‘प्रधानमन्त्रीज्यूले मन्त्रीहरुलाई आज पनि सचेत गराउनुभएको छ,’ सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘सक्नुहुन्छ भने खोजी पत्रकारिता गरेर आज (बिहीबार) का निर्णय पनि सार्वजनिक गर्नुस् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस