निर्मला हत्या प्रकरण : शंकास्पद सबैको डिएनए जाँच गरिने

पत्रपत्रिकाबाट

शुक्रबार, ३० कार्तिक २०७५, ०८ : २२
निर्मला हत्या प्रकरण : शंकास्पद सबैको डिएनए जाँच गरिने

कञ्चनपुर । निर्मला पन्तको हत्या भएको साढे तीन महिना बितिसक्दा पनि कुनै तथ्य फेला नपरेपछि प्रहरीले हत्यारा पत्ता लगाउन शंकास्पद सबैको डिएनए जाँच गर्ने तयारी गरेको छ । 

सबै प्रमाण नष्ट भएकाले पनि अपराधी पत्ता लगाउन डिएनए सहारा बन्न सक्ने निचोडमा प्रहरी पुगेको छ ।  शंकाको घेरामा परेकाको बिस्तारै डिएनए जाँच गर्दै जान्छौँ, कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले भने । 

अहिले पनि केहि जना शंकाको घेरामा रहेको उनको भनाई छ । अहिले संख्या नभिनिहालुँ, केही व्यक्ति शंकाको घेरामा छन् ।  उनीहरुको डिएनए जाँन हुन सक्छ ।, डिएनए जाँच वैज्ञानिक कुरा भएकाले यसलाई आधार मान्ने उनी बताउँछन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस