एजेन्सी । पाकिस्तानी सेनाका प्रवक्ताले भारतले आफ्ना तीन सैन्य हवाई अड्डाहरूमा मिसाइल प्रहार गरेको बताएका छन्।
यस दाबीमा भारतले अहिलेसम्म कुनै टिप्पणी गरेको छैन।
पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरिफ चौधरीले सरकारी टेलिभिजनमा भने कि पाकिस्तानी सेनाले 'जवाफ दिनेछ।'
उनले पाकिस्तानी सेनाको वायु रक्षा प्रणालीले भारतका अधिकांश क्षेप्यास्त्र खसालेको दाबी गरेका छन्।
उनले भने, 'देशको सेना पूर्ण रूपमा तयार' छ।'
पाकिस्तानले निशाना बनाएको दाबी गरेका सैन्य विमानस्थलमध्ये एक रावलपिंडीमा रहेको नुर खान पनि हो, जुन पाकिस्तानको राजधानी इस्लामाबादबाट १० किलोमिटर टाढा छ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २७ बैशाख २०८२, ०८ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानको क्वेटामा रेलमार्ग नजिक विस्फोट, २० जनाको मृत्यु, दर्जनौँ घाइते
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
पाकिस्तानमा अमेरिका–इरान वार्ता सुरु हुँदै
पाकिस्तानद्वारा अफगानिस्तानमा फेरि हवाई हमला, ४०० जनाको मृत्यु
रवि-बालेनलाई पाकिस्तानी प्रधानमन्त्रीले दिए बधाई
खामेनीको हत्यापछि पाकिस्तानमा प्रदर्शन, २० जनाको मृत्यु