काठमाडौँ । सत्तारूढ दल नेपाली काँग्रेसले आफू कुनै पनि किसिमको आतंकवादको विरुद्धमा रहेको स्पष्ट पारेको छ। शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकपछि बोल्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले काँग्रेस आतंकवादको विरुद्धमा रहेको बताएका हुन्।
उनले भारत र पाकिस्तानबीच भइरहेको द्वन्द्वप्रति पार्टीले निहत्था नागरिकमाथि भएको आक्रमणको निन्दा गरेको जानकारी दिएका थिए। उनका अनुसार काँग्रेसले आतंकवादको विरुद्धमा गरिने कारबाहीलाई न्यायोचित ठान्दछ। साथै पाकिस्तान र भारतबीच चाँडै शान्ति कायम होस् भन्ने पक्षमा काँग्रेस रहेको उनले बताएका थिए।
‘भारत र पाकिस्तानबीच जुन द्वन्द्व चर्किएको छ, त्यसअघि भारतको पहलगाममा भएको आतंकवादी आक्रमणमा लक्षित रूपमा निहत्था सर्वसाधारणमाथि आक्रमण भयो। त्यसको नेपाली काँग्रेसले कडा शब्दमा निन्दा गरेको छ। पछिल्लो समयको परिस्थितिमा पनि काँग्रेस जहिल्यै आतंकवादको विरुद्धमा रहेको छ,’ प्रवक्ता महतले भने ।
उनका अनुसार आतंकवादको विरुद्धमा गरिने कारबाहीलाई काँग्रेसले न्यायोचित मान्दछ। आतंकवादलाई कसैले पनि प्रश्रय नदिनु पर्ने पक्षमा काँग्रेस रहेको उनले स्पष्ट पारे। उनले भने, ‘आतंकवादी आक्रमणपछि पाकिस्तानतर्फबाट पनि जवाफी रूपमा सर्वसाधारणमाथि आक्रमण भएको छ। सैनिक अड्डाहरूमा पनि आक्रमण भएको छ। यो पूर्ण युद्धको रूपमा परिणत नहोस्, शान्ति चाँडै बहाल होस् भन्ने हामी चाहन्छौँ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ बैशाख २०८२, १३ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीष्मराजले धोका दिएपछि नयाँ नेता खोज्दै देउवा पक्ष
कांग्रेसको आधिकारिकता विवादमा आज अदालतमा पेशी
काँग्रेसको जरा अभियान : ७७ जिल्लामा खटिने प्रतिनिधिको नामावली सार्वजनिक(सूचीसहित)
काँग्रेसको १५औं महाधिवेशनका लागि आजदेखि प्रक्रिया सुरु
काँग्रेसको १५औं महाधिवेशनका लागि आजदेखि प्रक्रिया सुरु
सभामुखमा कांग्रेसले उम्मेदवारी नदिने