कतारमा ५ नेपाली एक महिनादेखि थुनामा

पत्रपत्रिकाबाट

शुक्रबार, ३० कार्तिक २०७५, ०७ : ४२
कतारमा ५ नेपाली एक महिनादेखि थुनामा

दोहा । करिब एक महिनाअघि कतारमा पक्राउ परेका पाँच नेपालीको अवस्था अज्ञात छ ।  सांस्कृतिक कार्यक्रम गर्दा प्रहरीले कार्यक्रमका अतिथि समेतलाई पक्रेको थियो । 

गिरफ्तारीको कारण खुलाईएको छैन ।  घटनाबारे सरकारी निकाय पनि मौन देखिएका छन् । 

पक्राउ पर्नेमा एनआरएन मध्युपर्व संयोजक राजेन्द्रकुमार आरके  शर्मा तथा लोकदोहोरी गीत प्रतिष्ठान कतार शाखाका शक्ति क्षत्री, रामबाबु बोहरा, रीतकुमार श्रेष्ठ र कृष्ठा ढकाल छन् । 

क्षत्री शाखाका उपाध्याक्षसमेत हुन् ।  अक्टोबर ५ मा नेपाली कलाकारले एउटा कार्यक्रम आयोजना गरेका थिए ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ । 

प्रतिक्रिया दिनुहोस