काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भारतले पाकिस्तानी आतंकवादको विरुद्ध थालेको लडाइँमा साथ दिनुपर्ने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आतंकवादविरुद्धको लडाइँमा जुनसुकै देशलाई पनि साथ दिनुपर्ने उनले बताए ।
उनले भने, ‘भारतले पाकिस्तानको आतंकवादविरुद्ध गरेको युद्धले हामी जोखिमयुक्त अवस्थामा छौँ। यो जटिलताको सामना गर्न सरकार तयारी रहोस् । साथै आतंकवादविरुद्धको लडाइँमा हामीले जुनसुकै देशलाई पनि साथ दिनुपर्छ ।’
उनले धितो बोर्डको अध्यक्षले कमिसनको काण्डबारे पनि छानबिन गर्न र अख्तियार प्रमुखको अभिव्यक्तिलाई पनि ध्यान दिन सरकारलाई आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ बैशाख २०८२, १२ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रामहरि खतिवडाले सभामुखलाई बुझाए राजीनामा
रामहरि खतिवडालाई राजीनामा दिन लगाउने काँग्रेसको तयारी
संसदमा ठूलो ड्रोन कहाँबाट आएर खस्यो ? भन्दै रामहरि खतिवडाको प्रश्न
‘पार्टी निर्देशन आयो भने समिति सभापति छोड्न तयार छु’: रामहरि खतिवडा
म दोषी देखिए कारबाही भोग्न तयार छु: रामहरि खतिवडा
रास्वपाले माग्यो राज्य व्यवस्था समिति सभापति खतिवडाको राजीनामा