काठमाडौं। भारतको उत्तर र उत्तरपश्चिम क्षेत्रका २१ विमानस्थल आउँदो शनिबारसम्म बन्द रहने त्यहाँका एक वरिष्ठ प्रहरी अधिकारीले बताएका छन् ।
अमृतसर प्रहरी अधिकारी सिरिवेन्नेलाले भारतीय समाचार एजेन्सी एसियन न्युज इन्टरनेसनल (एएनआई)सित भने, “सबै विमानस्थल सिल गरिएका छन् । सुरक्षाकर्मी र कर्मचारीबाहेक कसैलाई पनि प्रवेश वा वाहिर निस्कन अनुमति दिइने छैन ।”
उनले उक्त क्षेत्रका सबै निर्धारित उडान प्रभावित हुने बताए । “परिस्थिति नियन्त्रणमा नआउन्जेलसम्म हामी केन्द्र सरकारले गरेको निर्णयानुसार कार्य गर्दै छौँ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ बैशाख २०८२, ११ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र
भरतपुर विमानस्थलमा इन्धन ‘रिफिलिङ’ सेवा सुरु
सिमकोट विमानस्थल चलायमान, एकै दिन १६४ उडान–अवतरण
ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई सेवा ठप्प
कतारमा इरानी मिसाइल आक्रमणको प्रभाव त्रिभुवन विमानस्थलमा देखियो
पाकिस्तानसँगको युद्धविरामपछि भारतमा ३२ वटा विमानस्थल पुनः खुला