एजेन्सी । भारतले गरेको आक्रमणपछि पाकिस्तानी सेनाले मृत्यु हुनेको अद्यावधिक संख्या सार्वजनिक गरेको छ । पाकिस्तानी सेनाले उक्त आक्रमणमा परी ज्यान गुमाउनेको संख्या ३१ पुगेको बताएको हो ।
आक्रमणबाट ५७ जना घाइते भएका छन् । यसअघि कुल २६ जनाको मृत्यु भएको र ४६ जना घाइते भएको विवरण सार्वजनिक गरिएको थियो ।
यसैबिच, भारतीय सेनाले सीमाको आफ्नो छेउमा पाकिस्तानी गोलाबारीबाट कम्तीमा १५ जना सर्वसाधारणको मृत्यु भएको बताएको छ।
भारतले बुधबार राति गरिएको क्षेप्यास्त्र आक्रमण गत महिना पहलगाममा भारतीय पर्यटकहरूमाथि भएको घातक आतंकवादी आक्रमणको प्रतिक्रिया भएको बताउँदै आएको छ ।
भारत प्रशासित कश्मीरमा दशकौंदेखि विद्रोह भइरहेको छ जसले हजारौँको ज्यान लिएको छ। भारत र पाकिस्तान दुवैले कश्मीरलाई पूर्ण रूपमा आफ्नो दाबी गर्छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २५ बैशाख २०८२, ०८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानको क्वेटामा रेलमार्ग नजिक विस्फोट, २० जनाको मृत्यु, दर्जनौँ घाइते
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
पाकिस्तानमा अमेरिका–इरान वार्ता सुरु हुँदै
पाकिस्तानद्वारा अफगानिस्तानमा फेरि हवाई हमला, ४०० जनाको मृत्यु
रवि-बालेनलाई पाकिस्तानी प्रधानमन्त्रीले दिए बधाई
खामेनीको हत्यापछि पाकिस्तानमा प्रदर्शन, २० जनाको मृत्यु