काठमाडौँ। भारतले पाकिस्तानमाथि गरेका आक्रमणहरूलाई सन्तुलित र जिम्मेवार भन्दै बचाउ गरेको छ । पाकिस्तानी दाबीको विपरीत भारतले कुनै पनि सर्वसाधारणलाई लक्षित नगरेको र केवल आतंकवादी शिविरहरूमा प्रहार गरिएको जिकिर गरेको छ।
दुई देशको तनावका बीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो आगामी युरोप भ्रमण रद्द गरेको अलजजिराले लेखेको छ। उनले अहिले सुरक्षा सम्बन्धी विषयमा मन्त्रिपरिषद्का वरिष्ठ सदस्यहरूसँग बैठक गरिरहेका छन् ।
भारत-प्रशासित कश्मीरमा अहिलेको स्थितिबारे थप विवरण आएको छ, जहाँ रातभर सीमा पारिबाट भएको गोलीबारीमा केही मानिसको ज्यान गएको छ। सीमा नजिकका गाउँहरूमा बसोबास गर्नेले रातभर कडा गोलाबारी भएको बताएका छन्। धेरैजसोले घर छाडेका छन् भने केहीले लामो समयदेखि प्रयोगमा नरहेका बंकरहरूमा शरण लिएका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ बैशाख २०८२, १४ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ : नरेन्द्र मोदी
मोदी बने इन्स्टाग्राममा १० करोड फलोअर्स पार गर्ने पहिलो नेता
पुटिनलाई मोदीले दिए ‘गीता’ उपहार
मोदीले पुटिनलाई दिए जन्मदिनको शुभकामना
गाजामा युद्धविराम गर्ने ट्रम्पको प्रस्तावलाई मोदीले गरे स्वागत
प्रधानमन्त्री कार्की र मोदीबीच फोन संवाद, नेपालकाे शान्ति तथा स्थायित्वमा भारतले सघाउने