काठमाडौँ। भारतले पाकिस्तानमाथि गरेका आक्रमणहरूलाई सन्तुलित र जिम्मेवार भन्दै बचाउ गरेको छ । पाकिस्तानी दाबीको विपरीत भारतले कुनै पनि सर्वसाधारणलाई लक्षित नगरेको र केवल आतंकवादी शिविरहरूमा प्रहार गरिएको जिकिर गरेको छ।
दुई देशको तनावका बीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो आगामी युरोप भ्रमण रद्द गरेको अलजजिराले लेखेको छ। उनले अहिले सुरक्षा सम्बन्धी विषयमा मन्त्रिपरिषद्का वरिष्ठ सदस्यहरूसँग बैठक गरिरहेका छन् ।
भारत-प्रशासित कश्मीरमा अहिलेको स्थितिबारे थप विवरण आएको छ, जहाँ रातभर सीमा पारिबाट भएको गोलीबारीमा केही मानिसको ज्यान गएको छ। सीमा नजिकका गाउँहरूमा बसोबास गर्नेले रातभर कडा गोलाबारी भएको बताएका छन्। धेरैजसोले घर छाडेका छन् भने केहीले लामो समयदेखि प्रयोगमा नरहेका बंकरहरूमा शरण लिएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ बैशाख २०८२, १४ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन संवाद
काश्मीर घटनापछि साउदी अरेबियाको भ्रमण छोट्याएर फर्किए मोदी
मोदीले मधुवनीको भ्रमण गर्ने भएपछि भारत–नेपाल सीमावर्ती क्षेत्रको सुरक्षा व्यवस्थामा कडाइ
थाइल्याण्डमा मोदीसँग होला त ओलीको भेट ?
कतारका अमिर भारतमा, प्रधानमन्त्री मोदी आफैं स्वागत गर्न विमानस्थल पुगे
मोदी र ट्रम्पबिच भेट : मुम्बई आक्रमणका आरोपी राणा भारत सुपुर्दगी गरिने