काठमाडौँ । ४० लाख ३२ हजार ५ सय हुन्डीको रकमसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत, कलकत्ता यादवपुर घर भएका हल काठमाडौँ महानगरपालिका-२३ ओम बहालमा बस्ने वर्ष ६७ वर्षी सुरज दत्त र रुपन्देही, देवदह नगरपालिका घर भइ चन्द्रागिरि तिनथानामा बस्ने ६३ वर्षीय धर्म प्रसाद ढकाल रहेका छन् ।
काठमाडौँस्थित विशाल बजार कम्पनी लिमिटेडको भुइँ तलामा रीतपूर्वक खानतलासी गर्दा नगद चालीस लाख बत्तीस हजार पाँच सय हुन्डीको रकम कारोबार भइरहेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौँबाट खटिएको प्रहरी टोलीले उक्त रकमसहित उनीहरूलाई हिजो बेलुका पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरूको साथमा सामसङ कम्पनीको मोबाइल २ थान, विभिन्न बचत तथा ऋण सहकारी संस्था लि.को चेक १९ थान, पास बुक–११ थान र हस्ताक्षर मात्र गरेको खाली चेक २ थान बरामद गरेको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ बैशाख २०८२, १२ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्रोत नखुलेको ४ लाख बढी रकमसहित एक पक्राउ
कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा पक्राउ
स्रोत नखुलेको ११ लाख ४७ हजार रुपैयाँसहित एक जना पक्राउ
कारागारबाट फरार भइ चोरीमा संलग्न एक व्यक्ति पक्राउ
ग्राम खैरो हेरोइनसहित दुईजना पक्राउ
रौतहटमा २२ जना फरार प्रतिवादी पक्राउ