काठमाडौं । विपन्न तथा बेरोजगार युवालाई स्वरोजगार बनाउन भन्दै ‘युवा स्वरोजगार कोष’ मार्फत सरकारले गरेको अर्बौँ लगानी उपलब्धिविहीन भएको छ ।
०६५ देखि ०७४ सम्म कोषको नाममा सात अर्ब २७ करोड रुपैयाँ खर्च भए पनि लक्षित समुदायले लाभ लिन सकेका छैनन् ।
यो रकम बेरोजगारलाई स्वरोजगार बनाउन होइन, पहिल्यै रोजगार भएका तथा व्यापार चम्काएकाहरूको व्यापार विस्तार गर्न खर्च भएको छ ।
राष्ट्रिय सतर्कता केन्द्रले समेत कोषको रकममा व्यापक दुरुपयोग भएको जनाएको छ। अनुगमनपछि केन्द्रले तयार पारेको प्रतिवेदनमा तालिमको नाममा समेत भ्रष्टाचार भएको उल्लेख छ ।
एउटै व्यवसायीले ५० करोड रुपैयाँसम्म स्वरोजगार कोषबाट लगेको तर लक्षित वर्गमा ऋण प्रवाह नगरिएको प्रतिवेदनमा छ ।
कोषको उद्देश्यविपरीत अनौपचारिक शिक्षा हासिलगरेकालाई पनि लगानी गरेको पाइएको छ ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २९ कार्तिक २०७५, ०७ : ५४
लेखकबाट थप