महिलासँगको यस्तो संवादले मन्त्री सोडारी बर्खास्त

पत्रपत्रिकाबाट

विहीबार, २९ कार्तिक २०७५, ०७ : ४१
महिलासँगको यस्तो संवादले मन्त्री सोडारी बर्खास्त

धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घ सोडारीलाई केही महिनाअघि एक महिलासँग ‘अश्लील संवाद’ गरेका कारण बर्खास्त गरिएको खुलेको छ । 

सोडारीले ती महिलासँग अश्लील संवाद गरेको अडियो रेकर्ड बालुवाटार पुगेपछि उनलाई बर्खास्त गर्ने निर्णय भएको स्रोतले जनाएको छ ।
ती महिला स्वयंले प्रधानमन्त्रीलगायत नेकपा नेताहरूसमक्ष उक्त संवादको ‘क्लिप’ पठाएकी थिइन् । ‘अश्लील संवादका साथै केही तस्बिर पनि बालुवाटार पुर्‍याइएको छ,’ स्रोतले भन्यो ।

मन्त्रीबाट बर्खास्त गरिएसँगै सोडारीलाई मंगलबार बसेको नेकपाको सुदूरपश्चिम प्रदेश पदाधिकारी बैठकले पार्टी सदस्यबाटै निष्कासन गरेको छ । प्रदेश अध्यक्ष कर्ण थापाले पदीय आचरणविपरीत व्यवहार गरेकाले कारबाही गरेको बताएका छन् । ‘अनिश्चित समयका लागि पार्टी सदस्यताबाट निष्कासन गरिएको छ,’ थापाले भने । बैठकमा इञ्चार्ज भीम रावल, प्रदेश अध्यक्ष थापालगायत सबै पदाधिकारी उपस्थित थिए । कान्तिपुरमा विस्तृतमा खबर छापिएकाे छ । 

प्रतिक्रिया दिनुहोस