भक्तपुर । मध्यपुर थिमी नगरपालिका-५ चपाचोस्थित सिन्धुली मरिण गाउँपालिका घर भएका ४२ वर्षीय फुर्वा थिङको खाजा पसलमा जुवातास खेलिरहेको अवस्थामा फुर्वा समेत १० जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५९ हजार ५ सय ५० रुपैयाँ र ५ बुक ताससहित बिहीबार दिउँसो पक्राउ गरेको हो ।
यसैगरी भक्तपुर, मध्यपुर थिमी नगरपालिका-१ लोकन्थलीस्थित खाजा पसलमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौँ कोटेश्वर बस्ने नुवाकोट तादी गाउँपालिका३ घर भएका ३२ वर्षीय सुजन दाहाल समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार ५ सय रुपैयाँ र ९ बुक ताससहित बिहीबार साँझ पक्राउ गरेको हो ।
हाल उनीहरूलाई पक्राउ गरी यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० बैशाख २०८२, १४ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ३२ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ