एजेन्सी । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतले सिन्धु जल सन्धि उल्लंघन गर्दै सिन्धु नदीमा कुनै संरचना बनायो भने हमला गर्ने चेतावनी दिएका छन्।
२२ अप्रिल (२०२५) मा भारत प्रशासित जम्मु-कश्मीरको पहलगाममा आतंककारीले हमला गरी २६ पर्यटकको हत्या गरेपछि भारत र पाकिस्तानबीच मनमोटाव बढेको छ। पहलगाम आक्रमणमा पाकिस्तानको साथ रहेको आरोप लगाउँदै भारतले उसविरुद्ध गरेका दण्डात्मक विभिन्न निर्णयमध्ये जल सिन्धु सम्झौता निलम्बन पनि एक हो ।
यसअन्तर्गत भारतले अब सिन्धु नदीको एक थोपा पानी पनि पाकिस्तान जान नदिने तयारी गरिरहेको चर्चाबीच पाकिस्तानी रक्षामन्त्री ख्वाजाले त्यसो गरिए आक्रमण गर्ने धम्की दिएका हुन्।
जिओ न्युजको कार्यक्रम ‘नया पाकिस्तान”मा बोल्दै उनले भने, ’निश्चित रूपमा यदि कुनै पनि संरचना बनाउने प्रयास गरियो भने हामी त्यसविरुद्ध हमला गर्नेछौँ।
सम्झौताविपरीत सिन्धु नदीमा कुनै संरचना निर्माण गरियो भने त्यो पाकिस्तानविरुद्ध भारतीय आक्रामता प्रकट हुने उनको भनाइ छ।
‘आक्रामकता केवल तोप र गोली चलाउनु होइन, यसका अनुहार अनेक हुन्छन्। तीमध्ये एउटा अनुहार (पानी रोक्न वा मोड्नु) पनि हो, जसले भोक र तीर्खाले मृत्यु हुन सक्छ’, उनले भनेका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २० बैशाख २०८२, ०८ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तान एसिया कपको च्याम्पियन, भारतको १९१ रनले पराजित
पाकिस्तानी सीमा पार गर्ने भारतीय नागरिक पक्राउ
पाकिस्तानका पूर्व गुप्तचर प्रमुखलाई १४ वर्षको जेल सजाय
पाकिस्तानमा फेरि ‘आतंकवादी’ हमला
पाकिस्तानले अफगानिस्तानमा फेरि गर्यो हवाई हमला, १० जना मारिए : तालिबान
अफगानिस्तान-पाकिस्तान शान्ति वार्ता पुनः असफल