काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बैंक तथा वित्तीयको गैर वित्तीय सम्पति र खराब कर्जा व्यवस्थापनका लागि सम्पति व्यवस्थापन कम्पनी स्थापना गर्ने घोषणा गरेका छन्। शुक्रवार संघीय संसदको सयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
उनले दोस्रो वित्तीय क्षेत्र विकास रणनीति लागू गरिने घोषणा गरे । राष्ट्रपति पौडेलले बैंक तथा वित्तीयको गैर वित्तीय सम्पति र खराब कर्जा व्यवस्थापनका लागि सम्पति व्यवस्थापन कम्पनी स्थापना गरिने बताए ।
उनले भने, ‘सूचना प्रविधि र पूर्वाधारको विकास गरी डिजिटल अर्थतन्त्रको विकास नगद रहित वित्तीय कारोबार वृद्धि गरिने छ । नीतिगत तथा कानूनी व्यवस्था गरी डिजिटल बैंक स्थापना गरिने छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ बैशाख २०८२, १५ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिपक्षी दलहरुको संयुक्त बैठक जारी
सिंहदरवारमा विपक्षी दलको संयुक्त बैठक जारी
माओवादीको अनुशासन, निर्वाचन र लेखा आयोगको संयुक्त बैठक पेरिसडाँडामा सुरु