काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ६ महिनाभित्र महाधिवेशन गर्ने कार्यादेश सहित भ्रातृ संस्थामा सानो आकारको समिति बनाउन उपयुक्त हुने बताएका छन् । चैत मसान्तभित्र महाधिवेशन गराउन नसकेका भ्रातृ संस्थालाई भंग गर्ने वा समयावधि थप्नेमा पार्टीले निर्णय गरी नसकेको अवस्थामा नेता कोइरालाको यस्तो भनाइ बाहिर आएको हो ।
कोइरालाले कुरा गर्दै भने, ‘ठूलो संख्याको समिति आवश्यक छैन । महाधिवशेन गराउन कार्यादेश दिएर १२/१५ जनाको समिति बनाउन उपयुक्त हुन्छ ।’ महाधिवेशन गराउने कार्यादेश लिएर बनेको समिति समूहको भागबन्डाको आधार गर्न नहुने उनले बताए ।
पार्टीको समूह नहेरी सक्षम व्यक्तिहरू सम्मिलित गरेर छ महिनाभित्र महाधिवशेन गर्ने कार्यादेश दिनुपर्ने उनले विचार राखे ।प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघले महाधिवेशन पार्टीले दिएको समयावधिमा नवनिर्वाचित समिति ल्याउन सकेका छैनन् ।
चैत मसान्तभित्र तोकिएको अवधिमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, लोकतान्त्रिक अपाङ संघ, भूतपूर्व सैनिक संघ, प्रजातान्त्रिक सेनानी संघ र मुस्लिम संघले अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेका छन् ।
लोकतान्त्रिक आदिवासी जनजाति महासंघमा ओमबहादुर घर्तीमगर, लोकतान्त्रिक अपाङमा संघमा माधव चम्लगाईं, भूतपूर्व सैनिक संघमा गर्जबहादुर गुरुङ, प्रजातान्त्रिक सेनानी संघमा बालकृष्ण दाहाल र मुस्लिम संघमा अताबुल मन्सुरीको नेतृत्वमा नयाँ कार्यसमिति बनेको छ । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ र लोकतान्त्रिक अपाङ संघले पहिलोपटक महाधिवेशन गरेका हुन् ।
नेविसंघमा दुजाङ शेर्पा, तरुण दलका विद्धान गुरुङ, महिला संघमा उषा राउत मिश्र, किसान महासंघमा गणेश तिमिल्सिना र दलित संघमा लोकबहादुर विश्वकर्मा तदर्थ समितिका सभापति छन् । नेविसंघ ७५२, तरुण दल ४०१, महिला संघ ५३, किसान महासंघ ४६ सदस्यीय तदर्थ समिति छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ बैशाख २०८२, १३ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बीपीको सालिकमा मोसो दलेको बारे शेखरको प्रतिक्रिया : हामी विचलित हुँदैनौं
शिक्षक महासंघसँग भएको सहमति बमोजिम विद्यालय शिक्षा ऐन जारी गर्नुपर्छ : कोइराला
शेखर कोइराला बेलायत जाँदै, संसद् भवनभित्र हुने कार्यक्रमलाई सम्बोधन गर्ने
सरकारलाई सफल बनाउन सबैको साथ जरुरी छ : शेखर कोइराला
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने
अस्थिरताका कारण देशमा संकटको खतरा बढेपछि कांग्रेस-एमाले मिल्नुपर्यो : डा. कोइराला