काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।
ललितपुरको खुमलटारस्थित ‘प्रचण्ड’निवासमा भएको भेटवार्तामा दुई देशको सम्बन्ध, दुई देशबीचको द्विपक्षीय हित तथा दुई पार्टीहरूबीचका सम्बन्ध लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
चौथाइवाले तीन दिने नेपाल भ्रमणका लागि बुधबार काठमाडौँ उत्रिएका हुन् । उनले यसबीच नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, काँग्रेसका नेता तथा गृहमन्त्री रमेश लेखक लगायतसँग भेटवार्ता गरिसकेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले औपचारिक भ्रमणको निम्तो नदिइरहेका बेला चौथाइवालेको नेपाल आगमनलाई चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ बैशाख २०८२, १९ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’