काठमाडौँ । प्रेस सेन्टर नेपालका पूर्वउपाध्यक्ष बलराम थापालाई माओवादी केन्द्रको प्रचार विभाग सचिवको जिम्मेवारी दिइएको छ । केही दिनअघि प्रचार विभागका प्रमुख एवं पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बसेको बैठकले उनलाई प्रचार विभागको सचिवको जिम्मेवारी दिएको हो ।
वैशाख १३ मा काठमाडौंमा सम्पन्न सेन्टरको पहिलो केन्द्रीय समिति बैठकले संगठनको विधान बमोजिम केन्द्रीय समितिमा मनोनीत गर्नुपर्ने बाँकी सदस्य आगामी केन्द्रीय समितिको बैठकबाट मनोनीत गर्ने गरी एकता प्रक्रियाबाट आएका ५ जनालाई केन्द्रीय सदस्य मनोनीत समेत गरेको छ । जसमा उज्ज्वल पौडेल, रमेश पोखरेल, विक्रम श्रेष्ठ, अच्युत पौडेल र मनराज कठायत छन् ।
संस्थापक अध्यक्ष महेश्वर दाहाल, पूर्वसंयोजक गोविन्द आचार्य, निवर्तमान अध्यक्ष विष्णु सापकोटा ‘जुगल’, अध्यक्षका प्रत्याशी दीपेन्द्र रावललाई सल्लाहकार मनोनीत गरिएको छ ।केन्द्रीय पदाधिकारी तथा सदस्यको कार्य विभाजन आउँदो बैठकबाट गर्ने तयारी छ ।
विधानको प्रावधानअनुसार पदाधिकारी, प्रदेश अध्यक्ष रहेको सचिवालय गठन गर्ने, सचिवालयमा बाह्य मोर्चाका केन्द्रीय समितिका पदाधिकारी पदेन सदस्य रहने, अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्ष तथा बाह्य मोर्चाका प्रमुख पदमा रहेका पदाधिकारी पदेन सदस्य रहने गरी कार्यालय पनि गठन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ बैशाख २०८२, १५ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माओवादीले देशभर मसाल जुलुस निकाल्ने
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन