काठमाडौँ । सामाजिक सञ्जालमा जनता समाजवादी पार्टी नेपालकी नेतृ डा.बबी सिंहले पेस्तोल बोकेर नाचेको भिडियो भाइरल भएसँगै प्रहरीले त्यसबारे अनुसन्धान अघि बढाएको छ ।
डान्स गर्दा उनले फायर गरेको देखिने पेस्तोल प्रहरीले सर्लाहीबाट बरामद गरेको छ । मलंगवा नगरपालिका–२ स्थित अञ्जनी कुमार तिलहरीको घरबाट पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) सरोज राईले बताए ।
प्रहरीले सो पेस्तोल परिक्षण गर्न केन्द्रिय विधिविज्ञान प्रयोगशालामा पठाउने भएको छ ।मलंगवा नगरपालिका–५ स्थित भाडसरमा वैशाख ११ मा बसन्त कुमारकी छोरी कोमल सुप्रियाको हल्दि कार्यक्रममा उनले नाच्दा पेस्तोल फायर गरेको खुलेको छ ।
सो पेस्तोल नक्कली रहेको आशंका गरिएको छ । पेस्तोल फायर गर्न प्रयोग गरिने बारुद पनि बरामद गरिएको डीएसपी राईले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ बैशाख २०८२, १५ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै