काठमाडौँ । सामाजिक सञ्जालमा जनता समाजवादी पार्टी नेपालकी नेतृ डा.बबी सिंहले पेस्तोल बोकेर नाचेको भिडियो भाइरल भएसँगै प्रहरीले त्यसबारे अनुसन्धान अघि बढाएको छ ।
डान्स गर्दा उनले फायर गरेको देखिने पेस्तोल प्रहरीले सर्लाहीबाट बरामद गरेको छ । मलंगवा नगरपालिका–२ स्थित अञ्जनी कुमार तिलहरीको घरबाट पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) सरोज राईले बताए ।
प्रहरीले सो पेस्तोल परिक्षण गर्न केन्द्रिय विधिविज्ञान प्रयोगशालामा पठाउने भएको छ ।मलंगवा नगरपालिका–५ स्थित भाडसरमा वैशाख ११ मा बसन्त कुमारकी छोरी कोमल सुप्रियाको हल्दि कार्यक्रममा उनले नाच्दा पेस्तोल फायर गरेको खुलेको छ ।
सो पेस्तोल नक्कली रहेको आशंका गरिएको छ । पेस्तोल फायर गर्न प्रयोग गरिने बारुद पनि बरामद गरिएको डीएसपी राईले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ बैशाख २०८२, १५ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपालको कोशी र मधेश प्रदेश समितिमा नयाँ नेतृत्व
उपेन्द्र नेतृत्वको जसपाले विचार मिल्ने दलसँग एकता र जेनजीसँग सहकार्य गर्ने
यथास्थितिमा हुने निर्वाचनले जेन जेडको मागको सम्बोधन नगर्ने भन्दै संविधान पुनर्लेखन गर्न जसपाको माग
प्रधानमन्त्रीलाई जसपाको तीन दिने अल्टिमेटम, मन्त्री नफेरे आफै फिर्ता बोलाउने चेतावनी
आजबाट देशभर सहर केन्द्रित आन्दोलनमा जसपा
जसपा नेपालले लियो सरकारलाई दिएको समर्थन फिर्ता