काठमाडौं । नेपाली चलचित्र ‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर सार्वजनिकसँगै सुजन चापागाईँको ब्यान्ड ‘सुजन चापागाईं एन्ड इन्फिनिटी’ले कन्सर्ट प्रस्तुत गरेको थियो ।
चलचित्र ‘ऊनको स्वीटर’ पूर्वी नेपालको पाँचथर जिल्लामा छायांकन गरिएको छ । वैशाख २६ गते रिलिज हुने चलचित्र यथार्थवादी सामाजिक कथानक रहेको निर्माणपक्षले बताएको छ । नवीन चौहानले निर्देशन गरेको चलचित्रमा विपीन कार्की र मिरुना मगर मुख्य भूमिकामा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ बैशाख २०८२, ११ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फिल्म ‘ऊनको स्वीटर’ वैशाख २६ मा रिलिज हुने