एजेन्सी । भारतीय प्रान्त पश्चिम बंगालको राजधानी कोलकातामा मंगलबार राति होटलमा आगलागी हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ।
नवभारत टाइम्सका अनुसार घटना मध्य कोलकाताको फलपट्टी मछुआनजिकै भएको हो।
कोलकाताका प्रहरी आयुक्त मनोज कुमार वर्माका अनुसार मंगलबार राति ८:१५ बजेतिर ऋतुराज होटलमा आगलागी भएको हो।
उनले १४ जनाको शव निकालिएको र धेरै जनालाई उद्धार गरिएको बताए। उनले आगो नियन्त्रणमा आइसकेको र उद्धार जारी रहेको जानकारी पनि दिए।
प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ। अनुसन्धानका लागि विशेष टोली पनि गठन गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ बैशाख २०८२, १० : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि
नयाँ वर्षे मनाउँदै गर्दा बारमा आगलागी : ४० जनाको मृत्यु, ११५ घाइते
आगलागीबाट दुई जनाको मृत्यु, नौ घाइते
हुम्लाकाे सर्केगाडमा आगलागी, दुई जना घाइते, तीन घरमा क्षति